नेपालको लगातार दोस्रो जित

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत भएको चौंथो खेलमा नेपाल विजयी भएको छ । नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य २८.१ ओभरमा पूरा गरेको छ ।

१५२ रनको विजयी लक्ष्य पछ्याएको नेपाले २८ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेसँग उसको फाइनल पुग्ने सम्भावना जिवित्तै छ । आजको जित सँगै नेपाल अकं तालिकामा चौंथो स्थानमा उक्लिएको छ ।

नेपालका लागि ओपनर अनिलकुमार साहले सर्वाधिक ४३ रन, सुभाष खकुरेल १४ र पारस खड्काले १२, ज्ञानेन्द्र मल्ल २९ रन बनाएर आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ३३ रन र सागर पुनले १५ बलमा १४ रनको योगदान दिए ।

मलेसियाका लागि एस विजयकुमार र ए कृष्ण २२, के सुब्रमनीयन र एसके स्वामीनाथनले ११ विकेट लिए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३–३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेको र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

आजको खेलमा नेपालका ललित राजबंशी प्लेएर अफ म्याच भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!