नेपालको १११ रन पूरा

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल जारी छ । नेपालले सिंगापुरले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ ।

ताजा अवस्थामा नेपालले तीन विकेटको क्षतिमा सय रन पुरा गरेको छ ।

नेपालका लागि ओपनर अनिलकुमार साहले ४३ रन, सुभाष खकुरेल १४ र पारस खड्काले १२ रन बनाएर आउट भए ।

दीपेन्द्रसिंह ऐरी १२ र ज्ञानेन्द्र मल्ल २१ रन बनाएर क्रिजमा छन् ।

नेपालले ताजा अवस्थामा २२.४ ओभरको समाप्तीमा तीन विकेटको क्षतिमा १११ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!