नेपाललाई पहिलो झट्का, ४३ रन बनाएर अनिल आउट

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच वर्षाका कारण रोकिएको खेल फेरि शुरु भएको छ । १५२ रनको विजयी लक्ष्य पछयाएको नेपाललाई पहिलो झड्का लागेको छ ।

नेपालका ओपनर अनिलकुमार साह के सुव्रमनियमको बलमा बोल्ड आउट भएका हुन । ३२ बल सामान गरेका साहले ४३ रन बनाएका थिए ।

अहिले क्रिजमा कप्तान पारस खड्का र सुभाष खकुरेल रहेका छन् । सुभाष १४ र पारस ११ रन बनाएर खेलिरहेका छन् ।

ताजा अवस्थामा नेपालले १३ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा ७१ रन बनाएको छ । अब नेपाललाई जितका लागि ८० रन आवश्यक छ । र उससँग ९ विकेट र ३७ ओभर बाँकी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!