एसिया कप छनोटः सिंगापुरको इनिङ धरापमा, आठौं विकेट गुम्यो ! [अपडेट]

काठमाडौं, भदौ १७ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो चौंथो खेलमा सिंगापुरसँग खेलि रहेको छ । टस हारेर फिल्डीङको मौका पाएको सिंगापुरको आठौं विकेट पतन भएको छ ।

 

सिंगापुरको आठौ विकेट सन्दिप लामिछानेले लिएका छन् । सन्दिपको नाममा आज यो दोस्रो विकेट हो । यसअघि ललितनाराण राजवंशीले ३, पारस र सोमपालले समान १ १ विकेट लिइ सकेका छन् ।

 

३५ ओभरको खेल सकिदा सिंगापुरले आठौं विकेट गुमाउँदै १३७ रन बनाएर खेलि रहेको छ । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।

 

प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!