सिंगापुरको सातौं विकेट पतन, ललितको नाममा तेस्रो विकेट ! [LIVE]

काठमाडौं, भदौ १७ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो चौंथो खेलमा सिंगापुरसँग खेलि रहेको छ । टस हारेर फिल्डीङको मौका पाएको सिंगापुरको सातौंं विकेट पतन भएको छ । उसको छैटौं र सातौं विकेटका रुपमा ललितनाराण राजवंशीले विकेट लिएका छन् । योसंगै आज ललितको खातामा तीन विकेट भएको छ ।

 

सिंगापुर ३३ ओभरको खेल सकिदा ७ विकेट गुमाउँदै १३३ रन बनाएर खेलि रहेको छ । यसअघि नेपालका लागि सोमपाल कामीले २ र पारस खड्का र सन्दिप लामिछानेले समान १-१ विकेट लिइसका छन् ।

लाइभ स्कोर हेर्नका लागि यहाँ क्लिक गर्नुस्

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!