एसिया कप छनोटः नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट [LIVE]

काठमाडौं, भदौ १७ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले आफ्नो चौंथो खेलमा सिंगापुरसँग खेलि रहेको छ । टस हारेर फिल्डीङको मौका पाएको नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ । सिंगापुरको पाँचौ विकेट सन्दिप लामिछानेले लिएका हुन् ।

यो समाचार तयार पार्दासम्म सिंगापुरले ५ विकेटको गुमाउँदै २८ ओभरको समाप्तिमा १०५ रन बनाएको छ ।  यसअघि नेपालका लागि सोमपाल कामीले २ र पारस खड्का र ललित राजवंशीले समान १-१ विकेट लिएका थिए ।

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

लाइभ स्कोर हेर्नका लागि यहाँ क्लिक गर्नुस्

नेपालका लागि सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिएका छन् । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।

प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!