कस्तो अचम्म, बलात्कारी पनि नक्कली !

काठमाडौं, भदौ १७ । बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ ।

 

अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी । बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेका छन् । कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिकार भएकी थिइन् ।

 

घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो । सबैका सामु सार्वजनिक पनि गर्यो । पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ । नेपाल साप्ताहिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!