एसिया कप छनोटः चौथो खेलमा नेपालको उत्कृष्ट शुरुवात

काठमाडौं, भदौ १७ । मलेसियामा भइरहेको एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज सिंगापुरसँग खेलि रहेको छ । मलेसियाको युएकेमास ओभल मैदानमा नेपालले टस हारेपछि फिल्डिंग गर्ने मौका पाएको छ। प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब छ।

 

नेपाली टोलीले आफ्नो चौथो खेलमा आज एक खेलाडी परिवर्तन गर्दै मैदान उत्रिएको छ। मलेसिया बिरुद्धको खेलमा अन्तिम ११ मा रहेका ललित भण्डारीको स्थानमा नेपालले ललित राजबंशीलाई मौका दिएको छ। यो समाचार पार्दासम्म सिंगापुरको तीन विकेट पतन भएका छन् ।

 

नेपालका लागि सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिएका छन् । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सञ्चालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भाग लिंदै छन्।

प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!