नेकपाको सातै प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत टुंगियो (सूचीसहित)

काठमाडौं, भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपाले सातै कमिको नेतृत्व सर्वसम्मत सिफारिस गरेको जनाएको छ । जिल्ला कमिटी सरह मर्यादाक्रममा रहने प्रदेश सम्पर्क कमिटीमध्ये प्रदेश १, ५, कर्णाली र ७ नम्बरको नेतृत्व तत्कालिन एमालेले पाएको छ । प्रदेश २, ३ र गण्डकीको नेतृत्व तत्कालिन माओवादी केन्द्रले पाएको छ ।

प्रदेश १ को सम्पर्क कमिटी अध्यक्षमा इन्द्र भण्डारी र सचिवमा ध्रुव आङ्देम्बे सिफारिस भएका छन् भने प्रदेश २ को सम्पर्क कमिटी अध्यक्षमा सुनिता यादव र सचिवमा बिल्टु यादव सिफारिस भएका छन् ।

त्यस्तै प्रदेश ३ को सम्पर्क कमिटी अध्यक्षमा पूर्व सभासद कमला दोंग र सचिवमा अशोक ठकुरी सिफारिस भएका छन् भने गण्डकी प्रदेशको अध्यक्षमा तारा कुमाल र सचिवमा विष्णु सिग्देल सिफारिस भएका छन् ।

प्रदेश ५ को सम्पर्क कमिटी अध्यक्षमा थानेश्वर बस्याल र सचिव चित्र घर्ती मगर सिफारिस भएका छन् भने कर्णाली प्रदेशको अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा सुनिता रोक्का मगर सिफारिस भएका छन् । प्रदेश ७ को सम्पर्क कमिटी अध्यक्षमा प्रेम भट्ट सिफारिस भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!