कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी – सभामुख घर्ती

दाङ, भदौ १६ । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक समृद्धि हाँसिल हुन नसक्ने बताएका छन् ।

दाङका देउखुरीका विभिन्न कृषि फामहरुको शनिवार अनुगमन पश्चात बोल्दै सभामुख घर्तीले परम्परगत कृषि प्रणाली र उत्पादित बस्तुलाई बजारीकरण गर्न नसक्दा किसानहरुको जीवनस्तर उठन नसकेको बताए ।

उनले नेपाल कृषि प्रधान देश भएको र कृषिमा उचित लगानी र प्रविधि भित्रिन नसक्दा भने जस्तो उत्पादन हुन नसकेको पनि बताए । ‘कृषि मैत्री वातावरण, लगानी मैत्री वातावरण र कृषिमा उचित सुविधा उपलब्ध गराएर कृषिकहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ प्रदेशसभा घर्तीले भने, ‘राज्यले कृषि विमा, सहुलियत क्रण, मल, विऊ र प्रविधिमा सहयोग गर्नु जरुरी छ ।’

अहिले देशमा नयाँ कानून बन्ने प्रक्रियामा रहेको र राज्यले कृषिमार्फत समृद्धिको सपना देखेकाले कृषि मैत्री कानून आवश्यक रहेको पनि उनले बताए । उनले ५ नं प्रदेशमा कानून निर्माण गर्दा कृषक मैत्री कानून निर्माणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!