खस क्षत्री सेवा समाज कतारद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

दोहा,भाद्र १६ ।खस क्षत्री सेवा समाज कतारले समाजका अध्यक्ष र सह-कोषाध्यक्षलाई बिदाई गरेको छ।

समाजले बिहीवार दोहामा एक कार्यक्रमका बीच कर्मभुमि कतारको बसाइँ बिटमारेर जन्मभुमि जान लाग्नु भएका अध्यक्ष खगेन्द्र कार्की र सह-कोषाध्यक्ष रमेश चौहानलाइ सम्मान सहित बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा बोल्दै खस क्षत्री सेवा समाज कतारका संरक्षक हंसराज ढकालले बिदेशको बसाई छोटाएर नेपालमा घरपरिवार संगै रहेर केही गर्ने सोच सहित जान लाग्नु भएका दुबैजनालाई सफलताको सुभकामना व्यक्त गर्दै ढिलो चाडो प्रवासमा रहेका नेपाली मातृभुमी फर्कने भएकोले बिदेशमा आर्जन गरेको पुजि र सीपलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

याे पनि पढ्नुस  कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

संरक्षक ढकालले समाजको सुरुवाती अप्ठेरो बेलादेखी निरन्तर साथ दिदै आउनु अध्यक्ष र सह-कोषाध्यक्षद्वयको बिदाईले कतारको समाजमा उहाँहरुको केहि अभाव खडने भएपनि जन्मभुमिको बसाईमा पनि सधै सामाजिक कार्यमा सक्रिय रहेन आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिदाइ हुनुभएका निबर्तमान अध्यक्ष खगेन्द्र कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खस क्षत्री सेवा समाज कतारले गरेको सम्मानले आफुलाई नेपालमा गएपछी पनि समाज सेवामा लाग्न थप उर्जा प्रदान गरेको बताए ।

 

खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्दु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
समाजका प्रमुख सल्लाहकार रेशम बहादुर बस्नेत, सल्लाहकार निगम कार्की, बिदाई हुनुभएकासह-कोषाध्यक्ष रमेश चौहान, आजिवन सदस्य एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती प्रवास संयोजक समीर खत्री लगाएतले बिदाई मन्तव्य राखेका थिए ।
समाजका उपाध्यक्ष धन बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामजी खत्रीले गरेका थिए ।

याे पनि पढ्नुस  एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी

दोहाको नज्मा स्थित युनिक रेस्टुरेन्टमा रात्री भोज सहित सम्पन्न कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सदस्य, आजिवन सदस्य लगाएतको उपस्थितरहेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!