बालगायक दर्जी नयाँ घरमा, यस्ता छन विशेषता!

काठमाडौं, भदौ १६ । यूट्युब ट्रेन्डिङमा परिरहने बालगायक अशोक दर्जी दमकस्थित नयाँ घरमा सरेका छन् । नयाँ घरमा सरेपछि उनी थप चर्चित बनेका छन् ।

टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश आचार्यले नयाँ घरको साँचो हस्तान्तरण गरेका हुन् । दर्जीको घर मात्र नयाँ छैन, घरभित्रका सम्पूर्ण फर्निचर नयाँ थिए ।

बैठक कोठमा ४३ इन्चको टिभी सेट मात्र होइन होम थिएटर नै छ । सोफा, दराज, टि–टेबल, पलङ, डाइनिङ टेबल, फ्रिज, राइस कुकुरदेखि ग्यास चुलोसम्म नयाँ छन् ।

चार कोठाको उक्त घर निर्माण तथा फर्निचर खरिदमा २ लाख रुपैयाँ खर्च भएको संगीतकार टंक बुढाथोकीले बताएका छन् ।

संगीतकार बुढाथोकी तथा डिजे रुपकको प्रयासमा उक्त घर निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!