दीपेन्द्रसिंह ऐरीले लिए मलेसियाको पाँचौं विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको पाँचौें विकेट झरेको छ । दीपेन्द्रसिंह ऐरीले मलेसियाको पाँचौ विकेट झारेका हुन् ।

यसअघि बसन्त रेग्मीले दुई, सागर पुन र सोमपाल कामीले एक एक विकेट लिएका हुन ।

ताजा अवस्थामा मलेसिया २४ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!