नेपाललाई अर्को सफलता, सागरले लिए तेस्रो विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको तेस्रो विकेट झरेको छ । सागर पुनले तेस्रो विकेट लिएका हुन् । उनले मलेसियाका मुहम्मद अनवरलाई आउट गरेका हुन् । उनी ४० बलमा ३४ रन बनाएर सागरको बलमा बोल्ड आउट भएका हुन् ।

त्यसअघि नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले एक एक विकेट लिएका हुन ।

ताजा अवस्थामा मलेसिया १६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!