प्रदेश ५ समन्वय परिसद कतारको पहिलो साधारण सभा सम्पन्न

दोहा, भदौ १६ र प्रदेस नं ५ समन्वय परिसद कतारको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

‘हामीे प्रदेशीको चाहना समृद्ध प्रदेश हाम्रो कामना’ भन्ने मुल नारा सहित पहिलो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एनअारएनए आइसीसी मानर्थ सदस्य एवं प्रदेश ५ का सल्लाहकार संयोजक कमलमणि गुरागाइले प्रदेश पाँच उधोग तथा पर्यटनमा प्रचुर सम्भावना बोकेकोले त्यस्को प्रबर्द्धन गरेर समृद्ध प्रदेश बनाउन सकिने बताए ।

कार्यक्रममा आइसीसी मानर्थ सदस्य नरेन्द्र भाट, प्रवासी नेपाली मन्च कातारका उपाध्यक्ष दोर्णबहादुर बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली एकता समाजका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, तरार्इ मधेस लोकतान्त्रिक मन्चका हुसेन खान, आइसीसी सदस्य बिमल सुवेदी, बिनोदप्रसाद भट्टराई, निवर्तमान सदस्य हंसराज ढकाल क्षेत्री, एनसीसी कतारका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार विनेश तामाङ, पत्रकार माहासङ कतारका कार्यबाहक सचिव राजेश्वर ढकाल, जनजाती माहसंघ कतारका महासचिव शिव भुजेलले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी, गण्डकी प्रदेशकोतर्फबाट पर्बत युबा सेवा समाज कतारका अध्यक्ष चिन्तामणि पौडेल, प्रदेशं ३ बाट एनसीसी कतारका संयोजक नारायण विष्ट, प्रदेश २ बाट सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष श्री पेम्बा घलान, प्रदेश १ बाट मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल, प्रदेश ५ समन्वय समितिका सल्लाहकार सदस्य अर्जुनप्रसाद भट्टराई लागायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रदेश ५ समन्वय परिसद कतारको तर्दथ समितिका अध्यक्ष बुद्ध पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ठाकुरकुमार परियारले र संचालन सचिव डिल्लीराम भट्टराईले गरेका थिए ।

यसैबीच प्रथम साधारण सभाले आगामी २ बर्से कार्यकालको लागि बुद्ध पान्डेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा ठाकुरकुमार परियार, द्वीतिय उपाध्यक्षमा अख्तर हुसेन, महासचिबमा डिल्लीराम भट्टराई, सचिबमा बलदेब राना, सचिबमा वसन्तराज पुरी, कोषाध्यक्षमा प्रकाश कोइराला र सहकोषाध्यक्षमा देबराज पुन रहेका छन ।

यस्तै समितिको सदस्यमा केशब खनाल, धर्मसिंह बिक, केदारनाथ भुसाल, झबिन्द्र आचार्य, श्यामकुमार डिसी, हरिबहादुर शाही, रामलाल खाती, ईश्वर काफ्ले, दुर्गा हमाल, अमृत बराल, शिवबहादुर बुढाथोकी र लिलाधर आचार्य रहेको निर्वाचन समितिका संयोजक क्रान्ति सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!