नेपाललाई अर्को सफलता, बसन्तले लिए दोस्रो विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको दोस्रो विकेट झरेको छ । बसन्त रेग्मीले दोस्रो विकेट लिएका हुन् । उनको बलमा मलेसियाका अमेद फैजलाई कप्तान पारस खड्काले क्याज आउट गरे ।

त्यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका हुन ।

सोमपालले मलेसियाका शफिक सरिफलाई आउट गरेका हुन् । सरिफले १० बलमा ९ रन बनाएर आउट भए ।

ताजा अवस्थामा मलेसिया १० ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!