नेपाललाई पहिलो सफलता, सोमपालले झारे पहिलो विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको पहिलो विकेट गएको छ । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन ।

सोमपालले मलेसियाका शफिक सरिफलाई आउट गरेका हुन् । सरिफले १० बलमा ९ रन बनाएर आउट भए ।

ताजा अवस्थामा मलेसिया ४ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!