आरिफको विष्फोटक व्याटिङः नेपालले दियो मलेसियालाई १८९ रनको लक्ष्य

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएकोमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनायो ।

मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा रन बनाएको हो । शुरुवात पाँच विकेट सस्तैमा गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मान जनको स्कोरमा पुर्याए । दीपेन्द्र र अारिफले अर्धशतक बनाए ।

नेपालको सास्तैमा पाँच विकेट गुमाएर धरमराएको नेपाली इनिङलाई दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समाल्दै सम्मान स्कोर बनाए । दीपेन्द्रले ५१ बलमा ५४ रन बनाएर आउट हुँदा आरिफले विष्फोटक व्याटिङ गर्दै ४८ बलमा ६४ रन बनाएर नटआउट रहे भने बसन्त रेग्मी ७ बलमा ६ रन बनाएर नटआउट रहे ।

सुभाष खकुरेलले ९, कप्तान पारस खड्का १३, अनिलकुमार साह १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ११, सागर पुन र सोमपाल कामी शुन्य रनमा आउट भए । नेपालले १४ ओभरमा पाँच विकेटको क्षतिमा जम्मा ६० रन बनाएको अवस्था थियो ।

मेलेसियाका लागि स्याज्रुलले ३, एस मुनीयन्डीले ३ र मुहम्मद अनवरले १ विकेटले लिए ।

सुरुका दुुई खेलमा हार व्यहोरेको नेपाललाई अगाडिको यात्राका लागि आज जित्ने पर्ने दवाव छ । युएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

नेपाल पहिलो खेल ओमानसँग सात विकेट र दोस्रोमा युएईसँग ७८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!