नेपालको छैटौ विकेट पतन, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । वर्षका कारण प्रभावित भएको खेल ३० ओभरमा झारिएको छ ।

वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले खबर प्रदर्शन गरेको छ । नेपालको सास्तैमा पाँच विकेट झरिसकेको छ । पहिलो विकेटमा रुपमा सुभाष खकुरेललाई गुमाएको नेपाल त्यसपछि सस्तैमा कप्तान पारस खड्का, अनिल कुमार साह, उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन र दीपेन्द्रसिंह ऐरी आउट भएका छन् ।

दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५४ रन बनाएर बोल्ड आउट भए । नेपालका लागि दीपेन्द्र र आरिफ शेखले राम्रो योगदान गरे । ताजा अवस्थामा नेपाल २८ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा १६२ रन बनाएको छ ।

आरिफ शेख र सोमपाल कामी अहिले क्रिजमा छन् ।

सुरुका दुुई खेलमा हार व्यहोरेको नेपाललाई अगाडिको यात्राका लागि आज जित्ने पर्ने दवाव छ । युएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

नेपाल पहिलो खेल ओमानसँग सात विकेट र दोस्रोमा युएईसँग ७८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!