जित्नै पर्ने दवावमा नेपालको कमजोर व्याटिङ, सस्तैमा गुमायो ५ विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । वर्षका कारण प्रभावित भएको खेल ३० ओभरमा झारिएको छ ।

वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले खबर प्रदर्शन गरेको छ । नेपालको सास्तैमा पाँच विकेट झरिसकेको छ । पहिलो विकेटमा रुपमा सुभाष खकुरेललाई गुमाएको नेपाल त्यसपछि सस्तैमा कप्तान पारस खड्का, अनिल कुमार साह, उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई गुमाइसकेको छ । नेपालले १४ ओभरमा पाँच विकेटको क्षतिमा जम्मा ६० रन बनाएर खेलिरहेको छ ।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा छन् । अहिलेसम्म नेपालका कुनैपनि खेलाडीले राम्रो रन बनाउन सकेका छैनन् ।

सुरुका दुुई खेलमा हार व्यहोेरेको नेपाललाई अगाडिको यात्राका लागि आज जित्ने पर्ने दवाव छ । युएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

नेपाल पहिलो खेल ओमानसँग सात विकेट र दोस्रोमा युएईसँग ७८ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!