एनआईसी एशिया बैंकले आकर्षक पदमा कर्मचारी खोज्यो

काठमाडौं, भदौ १६ । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट तथा डेपुटी मेनेजर तहमा रहेर सरकारी संस्था, शैक्षिक संस्था, उत्पादनमूलक क्षेत्र, वित्तीय सेवा एवम् अन्य विषयगत विभागको प्रमुखका लागि कर्मचारी माग गरेको हो ।

 

स्नातक उतीर्ण गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । स्नातकोत्तर उतीर्ण आवेदकलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । आवेदकको उमेर २५ र ५० वर्षको बीचमा हुनु पर्नेछ । आवेदन दिने अन्तिम म्याद ५ सेप्टेम्बरसम्म छ ।

 

यस्तै, बैंकले डिजिटल इनोभेसन हेड एक जना र केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट मागे गरेको छ । यी दुई पदमा आवेदन दिने म्याद भने १२ सेप्टेम्बरसम्म रहेको छ । डिजिटल इनोभेसन हेड काठमाडौँका लागि माग गरिएको हो ।

 

यसका लासग २५ वर्षदेखि ५० वर्षसम्मको उमेर हद निर्धारण गरिएको छ । आईटी अथवा कम्प्युटर साइन्समा स्नातक गरेको हुनु पर्नेछ । स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कम्तीमा आठ वर्षको अनुभव मागिएको छ । थप जानकारीका लागि तल दिएको लिंक क्लिक गर्नुस्-

https://www.nicasiabank.com/current-vacancies

चार्टर्ड एकाउन्टेन्टका लागि भने एक वर्षको मात्रै अनुभव मागिएको छ । उपत्यकाभित्र र बाहिर दुबैका लागि सीए मागिएको हो । २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउने छन् । आवेदन अनलाइनबाट दिनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!