नगर प्रमुख वड नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित

धनगढी, भदौ १५ । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वड नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार र बिहीबार काठमाडौंमा चलेको नेपाल नगरपालिका संघको छैठौ राष्ट्रिय महाधिवेशनबाट नगरप्रमुख वड केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

नगरप्रमुख वडले आफुलाई केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित बनाउन सहयोग गर्ने सबै प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । केन्द्रीय सदस्यमा मनोनित भएपछि नगरप्रमुख वडले आफ्नो कार्यकाल नगरहरुको समृद्धिका लागि खर्चिने बताए । नगरहरुको विकास अब परम्परागतढंगले हुँदैन, नगरप्रमुख वडले भने, ‘यसका लागि नविनतम दृष्टिकोण आवश्यक छ ।

योजनाबद्ध विकास गर्न सकेमात्रै नगरहरुको समृद्धि हुने बताए । बदलिँदो अबस्थामा एकिकृत सम्पत्ति कर घटाउने धनगढी उप–महानगरपालिकामात्रै हो, नगरप्रमुख वडले भने, ‘यसका साथै ब्यक्तिगत घटना दर्तालगायत थुप्रै किसिमका सिफारिस समेत निःशुल्क गरेको कुरा ढुक्कले अधिवेशनमा राख्न पाईयो ।

धनगढी प्रदेश नं ७ को एकै उप–महानगरपालिका हो । सरकारले एक प्रदेश १ महानगरपालिकाको नीति लिएकाले धनगढी महानगरपालीका हुने पक्का जस्तै छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!