१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेको चौंथो सम्मेलन सम्पन्न

काठमाडौं, भदौ १५ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको मार्ग प्रशस्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । नेपालले सन २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!