कविता : पुरुष तिमी को ?

सरस्वती चौलागाईं

समानताको बगैंचा खोज्दै कालो बादलभित्र
मान्छे हौं भन्ने नारा लकार्दै कस्तो कोर्दैछौं चित्र

बाँच्ने यात्रामा म मान्छे हुँ भन्दै माग्छौं भिख यहाँ
चुचुरो चुम्दै छ, कसै खोज्दै जाउँ न्याय कहाँ ?

नजरबन्दमा राख्छ समाज युगीनार्तन यो
आमाको वात्सल्य लत्याई हिड्ने पुरुष तिमी को ?

कमेन्ट गर्नुहोस्