निर्मलाका सहपाटीको प्रधानमन्त्री पत्र, निर्मलाका हत्यारालाई कारबाही कहिले हुन्छ ?

भीमदत्तनगर, भदौ १५ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् ।

शुक्रबार निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनी प्रश्न गरेका छन् । साथै उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गरिए मात्र उनीमाथि न्याय हुने र उनकाे आत्मले शान्ति पाउने स्मरण गराएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!