दुर्इ-दुर्इ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण

लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २-२ थान कम्प्युटर शुक्रबार वितरण गरेका छन् ।

मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा सबैको पहुँचका निमित्त आफू निर्वाचित भएको क्षेत्रमा संसदीय विकास कोषको रकमबाट सामुदायिक विद्यालयलाई राज्यमन्त्री मण्डलले कम्प्युटर वितरण गरेका हुन् । सो अवसरमा मन्त्री मण्डलले विद्यालयमा वृक्षरोपण समेत गरेका थिए ।

सिरहाको कल्याणपुर, डरौल, भेरीया र वर्छवास्थित विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!