रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

काठमाडौ, भदौ १५ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।

 

रिमालले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!