मलेशियामा आममाफी कार्यक्रमः १२ हजार ८ सय नेपाली स्वदेश फर्किए

मलेसिया,भदौ १४ । मलेसियाली सरकारले अवैधानिक आप्रवासी कामदारलाई लक्षित गरि सञ्चालन गरेको आममाफी कार्यक्रम बिहीबार सकिएको छ।

गत वर्ष १५ फेब्रुअरीदेखि सुरु गरिएको आममाफी कार्यक्रम अगस्ट आजबाट (३० तारीख) बाट सकिएको हो । अब मलेसियामा रहेका अवैधानिक आप्रवासी कामदारमाथी फेरि सरकारले धरपकड सुरु गर्न सक्ने स्थानीय संचारमाध्यमले जनाएका छन्।

नेपाली दुतावासका मलेसियाका अनुसार गएको ८ महिनाको अवधिमा आममाफी मार्फत १२ हजार ८ सय ४१ जना नेपालीहरु प्रक्रिया पूरा गरि स्वदेश फर्किएको जनाएको छ । यसरी स्वदेश फर्कन चाहनेले दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागलाई उसले तोकेको जरिवाना र विशेष पास शुल्क गरी चार सय रिंगिट तिरेर स्वदेश फर्कने व्यवस्था मिलाइएको थियो।

मलेसियाले स्वदेश फर्कन वा वैधानिकता प्रक्रियामा सहभागी हुन दिइएको अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गर्दै आइरहेको छ । गत ८ महिनायता २९ हजार ४० जना त्यस्ता आप्रवासी पक्राउ परिसकेका बताइएको छ । पक्राउ पर्नेमा नेपाली न्यून छन् भने अब भोलि बाट पुन अबैधानिक माथी थप कडाइ हुन सक्ने दूतावास स्रोतले जानकारी दिएको छ।

गत जुनमा मलेसियाली गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्कने अन्तिम समय सिमा ३० अगष्टसम्म रहेको जानकारी गराउदै सो समयभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीलाई समेत कारबाही गरिने बताएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!