लगानी कोषको जिम्मा अर्याल

काठमाडौं, भदौ १४ ।नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ ।

कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी व्यक्तिका रुपमा परिचित छन् । अर्यालले वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातकसम्मका अध्ययन गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!