कुमार रानालाई जन प्रगतिशील मञ्च साउदीको पहलमा आर्थिक सहयोग

रियाद, भाद्र १४। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका गोरखा भिमसेन गाउँपालिका ७ निवासी कुमार राना मगर यति बेला जेलमा छन् । उनले चलाएको गाडीले ठक्कर दिदाँ साउदी नागरिक घाइते भएपछि राना एक वर्षदेखि साउदीको जेलमा छन् ।

घाइते साउदी नागरिकले उपचारार्थ रकम मागे पछि कुमार राना रिहाइ अभियान अन्तर्गत विभिन्न देशबाट आर्थिक अभियान चलाइरहेको बेला नेपाली जन प्रगतिशील मञ्च साउदीको पहलमा संकलित रकम अभियानका संयोजक कृष्णप्रसाद ढकालमार्फत कुमारकी श्रीमती अम्विका राना मगरलाई नवराज गिरीले बुधबार हसतान्तरण गरेका हुन् । मञ्चका तर्फबाट साउदीमा संकलित ८७ हजार रुपैया हस्तान्तरण गरिएको हो ।

यसै क्रममा मञ्चका महासचिव बाबुलाल बुढाले पत्रमार्फत जानकारी गराउदै साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन ।

केही महिना अघि दिपेश पुनको संयोजकत्वमा बनेको दिलबहादुर रिहाइ समिति बिदेश बिभागमा रहेका महासचिव बुढा बिगत दुई वर्षदेखि दिलबहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती, उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरादेखि उपराष्टपति नन्दबहादुर पुनसम्म पुगेका थिए ।

दिल बहादुरको रिहाइको लागि चाहिने रकम रु ६७ लाख रुपैया परराष्ट मन्त्रालयमा जम्मा गरि सकिएको छ। सँगै नेपाली जनप्रगतिशील मञ्च साउदी अरबले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोग गरिरहेको छ ।

साथै उसले विभिन्न समयमा देशमा आइपर्ने प्रकृतिक प्रकोपमा परेका पीडितलाइृ उद्दार र राहत, धुर्मुस सुन्तली साँझ, मेरुदण्ड पिडीत सुरेन्द्र बञ्जन उपचार, विभिन्न जिल्लामा भएको आगलागी पीडितलाएई सहयोग, इराकमा बेचिएकी चेलिको उद्धार र कुमार राना र दिल बहादुर घर्ती मगर बचाउ अभियानहरुमा ६,०७,३७१ (छ लाख सात हजार तिन सय एकहत्तर) सहयोग गरि सकेको मंचका कोषाध्यक्ष स्वागत पुनले जानकारी दिए ।

साउदी अरबमा उद्धार तथा पीडितहरुको लागि कानुनी सहयोगदेखि लिएर आर्थिक तथा खान बस्नसम्म ब्यावस्था गर्दै उद्धारपछि नेपाल फर्किन पीडित नेपालीलाई हवाइ टिकटसम्म सहयोग गरिरहेको बताइउको छ ।

मञ्चका अध्यक्ष कमल शाही (निर्मल)ले अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् । साथै आगामी दिनमा पनि मजदुरको हितका लागि सहयोगको अपेक्षा गरेका छन । नेपाली जन प्रगतिशील मञ्च साउदी अरब सधै मजदुर कै पक्ष र हितको लागि काम गर्दै आएको स्मरण गराउका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!