९ औं विकेट पनि पतन, नेपाल हार नजिक

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ ।

नेपालको ९ औ विकेट पनि झरेको छ । नेपालका नौं विकेटका रुपमा बसन्त रेग्मी आउट भएका हुन । यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, सुभाष खकुरेल, आरिफ शेख, करन केसी, रोहितकुमार पौडेल र दीपेन्द्रसिहं ऐरी आउट भइसकेका छन् ।

ताजा अवस्थामा नेपाल ४८ ओभरको समाप्तीमा ९ विकेटको क्षतिमा १७६ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा अहिले सोमपाल कामी र सन्दीप लामिछाने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!