फर्किए १२ जना, कहाँ छन् अरु वेपत्ता, ५ सय बढी चिहान उत्खनन गर्नुपर्ने

काठमाडौं, सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएका हजारौं व्यक्तिको अझै पत्तो लागेको छैन । परिवारले भने अझै पनि आश मार्न छोडेका छैनन् ।

तर सुरक्षाकर्मीबाट वेपत्ता पारिएका ८५ प्रतिशत र तत्कालिन विद्रोही पक्षबाट वेपत्ता भएका १५प्रतिशतमध्ये हालसम्म १२ जना मात्रै घर फर्किएका छन् ।

द्वन्द्वकालमा वेपत्ता भएकाहरुको खोजी गर्न सरकारले आयोग गठन गरेको पनि वर्षौं भइसक्यो । कतिपय वेपत्ता परिवारले सरकारबाट १० लाखका दरले राहत पनि लिए ।

आयोगका अनुसार, आयोगले हालसम्म ४३ वटा जिल्लामा वेपत्ताबारे दिइएको सूचनाका आधारमा फारम भर्ने काम सकेको छ । बाँकी जिल्लामा भने यो काम अझै शुरु भएको छैन । हालसम्म जम्मा २५ सय उजुरीको विस्तृत विवरण संकलन भएको छ । यो विवरण हेर्दा १२ जना व्यक्ति फर्किएको देखिएको हो ।

वेपत्तामध्ये कतिपयको हत्या भएको हुनसक्ने देखिन्छ । हत्या भइसकेकाहरुको खोजी गर्नु त्यति सहज भने देखिँदैन । ।

आयोगमा तत्कालीन राज्यसत्तामा रहेका व्यक्ति प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रमुख जिल्ला अधिकारी तथा महत्वपूर्ण पदमा रहेका व्यक्ति र विद्रोही पक्षका नेताविरुद्ध पीडितबाट उजुरी परेको छ । तत्कालीन समयमा ८५ प्रतिशत राज्य र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएको आयोगले जनाएको छ ।

आयोगले विस्तृत अध्ययन गर्दा व्यक्ति कहिले र कहाँबाट बेपत्ता भएको थियो भनेर उजुरीका आधारमा व्यक्ति बेपत्तापूर्वको अवस्था र परिपूरण को फारम भर्ने काम गर्ने तयारी गरेको छ । आयोग विस्तृत अध्ययन सकेपछि सबै पीडितसँग बयान लिने आयोगको तयारी छ ।

कुन जिल्लामा बेपत्ता कति ?
नेपालमा सबैभन्दा बढी बेपत्ता भएकामा एक नम्बरमा बर्दिया जिल्ला पर्छ । बर्दियामा २५७ , बाँके १२०, दाङ ११७ , रोल्पा ९७ , बैतडी ७१, सुर्खेत ६८, काभ्रे ४०, रुकुम ४९, जाजरकोट ३१, अछाम ४७, कैलाली ५५,कञ्चनपुर ८५, डडेल्धुरा ४३, स्याङ्जा ४७, कास्की ४३, गोरखा ३०, सल्यान ५६, कालिकोट ३६, उदयपुर ४१, सिन्धुपाल्चोक ३५, सिरहा ३८, मोरङ ३२, नुवाकोट ३२ जना बेपत्ता भएको तथ्यांक छ ।

बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ९टीआरसी० मा फाइल पठाएको छ ।

पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिन बिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् ।

बेपत्ता आयोगले आफैंले अनुसन्धान नगरी ‘मृत्यु भएको अनुमान’का आधारमा चार सय १५ जनाको फाइल टीआरसी पठाएपछि पीडित परिवार आक्रोशित भएका छन् ।  ‘बेपत्ता आयोगबाट झन्डै चार सयको उजुरीको फाइल प्राप्त भएको छ ।

बेपत्ता आयोगका सचिव नृपध्वज निरौलाले पनि शान्ति मन्त्रालयको सूचीमा मृतक जनाइएकाले बाँकी अनुसन्धानका लागि टीआरसीको जिम्मा लगाइएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!