घरको छतबाट खसेर मृत्यु

नुवाकोट, भदौ १४ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको छतबाट फोहोर फाल्ने क्रममा बिहीबार विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो ।

फोहोर सङ्कलन गर्ने गाडी आएपछि उनी फोहोर फाल्न घरको छतमा चढेकी थिए । छतमा कुर्सीमा चढेर फोहोर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी थिइन् ।

गम्भीर घाइते उनको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!