सुनको भाऊ बढ्यो, चाँदीको स्थिर !

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!