नेपाललाई पहिलो भट्का, ओपनर मल्ल आउट

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी पहिलो ओभरमा आउट भएका हुन् । अहिले नेपालकातर्फबाट कप्तान परास खड्का र सुभाष खकुरेल क्रिजमा छन् । नेपालले ताजा अवस्थामा ४ अाेभरकाे समाप्तीमा १० रन बनाएकाे छ ।

यसअघि युएइका लागि चिराग सुरीले सर्वाधिक ६३ रन बनाए । यस्तै, अदान मुफ्टी ५७, आश्फिक अहेमद ४५, रामीज शाहजाद ३५, मउम्द उस्मानले १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा नेपालका लागि सन्दिपले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिए । यस्तै, बसन्त रेग्मी र सोमपाल कामीले समान २(२ विकेट लिन सफल भए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो ।

नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!