नेपाललाई छैठौं सफलता, बिस्फोटक ब्याट्सम्यान सुरी आउट ! [LIVE]

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धामा नेपालले अहिले संयुक्त अरब इमिरेट्स, युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा नेपालले टस जितेर फिल्डिङ्ग रोजेपछि युएईले ब्याटिङ्ग गरिरहेको छ ।

 

अहिलेसम्म नेपालले युएईको छैठौं विकेट लिएको छ । युएईको छैठौ विकेटका रुपमा चिराग सुरी आउट भएका छन् । उनलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गरे । चिराग ६५ रन बनाएर पवेलिउन फर्किएका हुन् ।

 

यस्तै, नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन् । उनले उनले मुहम्मद उस्मानलाई १४ बलमा १३ रन बनाएको अवस्थामा आउट गरेका हुन् । यस्तै नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई दुई विकेट लिएका छन् । बसन्तले पहिलो र तेस्रो तथा सन्दीपले दोस्रो र चौथो विकेट लिएका हुन् ।

ओमानविरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो । एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागरले शानदार प्रदर्शन गरेका हुन् । तर, बुधबार नेपाल युएइसँग ७ विकेटले पारजित भयो ।

लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ ।

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो ।

नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्