नेसनल क्यापिटल लाइफटाइम अवार्ड दीपक जंगमलाई, सांगीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई

काठमाडौं, विगत ५ वर्षदेखि सुगम संगीत, संस्कृति एवं शास्त्रीय संगीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापिटल इभेन्टले वरिष्ठ संगीतकार दीपक जंगम र संचारकर्मी गीता अधिकारीलाई सम्मानित गर्ने भएको छ ।

इभेन्टले जंगमलाई नेसनल क्यापिटल लाइफ टाइम अवार्ड र अधिकारीलाई बीएफ डियरहिल सांगीतिक पत्रकारिता सम्मान प्रदान गर्ने भएको हो ।

आयोजक समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको नेसनल क्यापिटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले जानकारी गराएकी छन् ।

धितालका अनुसार आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभाहलमा चौथौ विएफडियर हिल नेशनल क्यापीटल म्युजिक अवार्ड प्रदान गरिने छ । उक्त समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका करिव ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड वितरण गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!