नेपाल ओमानसँग पराजित

काठमाडौं, भदौ १३ । मलेसियामा जारी एसिया कप छनोट खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रन लक्ष्य पछ्याएको ओमानले ४८ ओभर पूरा गर्यो ।

जवाफी व्याटिङमा आएको ओमनका लागि सर्वाधिक खावर अलिले ८४ रन र जीसन मक्सूद ४५ रन बनाएर अनआउट रहे । त्यसअघि भीएस वाटग्यानकर ४१, जतिन्द्र सिंह ३० र अकिव इलियास १६ रन बनाए ।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र रोहित पौडेलले ११ विकेट लिए । यसअघि जस्तो नेपालका बलरले ओमानविरुद्धको खेलमा आफ्नो बलिङको जादू देखाउन सकेनन् ।

टस हारेर ब्याटिङको गरेको नेपाललाई टोलीलाई सागर पुन र आरिफ शेखको साझेदारीले धरमराएको नपाली इनिङलाई सम्मानजनक अवस्थामा ल्यायो । लामो समयपछि टोलीमा फर्किएका सागर पुनले आज उत्कृष्ट प्रदर्शन गरे । उनले टोलीका लागि ८३ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६, कप्तान खड्का ८, सुवास ४ र दिपेन्द्र ९ रनमै आउट हुँदा रोहित भने शून्य रनमै पवेलियन फिर्ता भए । सोमपाल ५ रनमा आउट हुँदा करण केसी २६ र सन्दिप लामिछाने २ भए ।

ओमानका लागि बलिङमा मोहम्मद नदिमले ३, अजय लालचेता र बिलल खानले समान २–२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्