ओमान विरुद्ध नेपाललाई तेस्रो सफलता, वैभव वाटेगांवकर रन आउट

वायुमास ओभल, क्वालालम्पुर (मलेसिया), भदौ १३ । यहाँ जारी एसियाकप छनौटको दोस्रो खेलमा नेपालले ओमानको तेस्रो विकेट झारिदिएको छ । तेस्रो विकेटको रूपमा वैभव वाटेगांवकर सन्दीप लामिछानेद्वारा रन आउट भएका हुन् ।

वैभवले रनआउट हुनुपूर्व ६९ बल खेलेर ४१ रन जोएका थिए । यसमा दुई चौका सामेल थिए । यसअघि जतिन्दर सिँह पनि रोहित पोऔदेल्द्वारा रन आउट भैसकेका छन् ।

समाचार तयार हुँदासम्म ओमानले नेपालले दिएको २२२ रन्को लक्ष पछ्याउने क्रममा ४०ओभरमा १७१ रन बनाइसकेको छ । अहिले चौथो विकेटका लागि खावर अली ६० र कप्तान जिसान मकसुद ४ रनमा खेलिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्