बाँकेमा ६ र म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

काठमाडौं, भदौ १३ । बाँकेको कोहलपुरमा नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेका प्रहरीले जनाएको हो ।

भारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले मंगलबार दिउँसो बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बालिकाकी आमा कोहलपुरमा किराना पसल गर्दछिन् । पसलमा रहेकी बालिकालाई घरमा पुयाइदिन्छु भन्दै खानले साइकलमा राखेर डेरामा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ ।

त्यस्तै, म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!