नेपाल भर्सेस ओमानः नेपालको १०० रन पूरा, क्रीजमा सोमपाल र आरिफ ! [LIVE]

काठमाडौं, भदौ १३ । मलेसियामा जारी एशियन कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०० रन पूरा गरेको छ ।

 

उसले ३२ ओभरमा ४  विकेटको क्षतीमा १०० रन पूरा गरेको हो । नेपालको ब्याटिङ आज पनि राम्रोसँग चल्न सकेको छैन । उसले महत्वपूर्ण चार विकेट गुमाइ सकेको छ ।

 

कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन् । सुवास ४, पारस ८, ज्ञानेन्द्र ४५ र दिपेन्द्र ९ रनमा पवेलियन फर्किए । यो समाचार तयार पार्दासम्म क्रीजमा सोमपाल कामी र सागर पुन छन् ।

 

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्-

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

 

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!