नेपाल भर्सेस ओमान, नेपाललाई दोस्रो झड्का, कप्तान खड्का आउट ! [LIVE]

काठमाडौं, भदौ १३ । एशिया कप छनोटका लागि खेलि रहेको नेपालले खराब सुरुवात गरेको छ । उसले ५० रन पूरा गर्दा महत्वपूर्ण २ विकेट गुमाएका छन् । कप्तान पारस खड्का र सुवास खकुरेलको प्रदर्शन आज खराब रह्यो । सुवास ४ रनमा आउट हुँदा पारस ८ रन बनाएर पवेलियन फर्किए । सुवास रन आउट भएका हुन्, भने पारस एल्बीडब्लूको सिकार ।

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्-

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!