एसिया कप छनोट : नेपाल भर्सेस ओमान, नेपाल ब्याटिङ गर्दै [LIVE]

काठमाडौं, भदौ १३ । एसीसी एसिया कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ ।

लाइभ खेलको स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

 

नेपाल र ओमान डिभिजन स्तरका प्रतिद्धन्द्धी हुन् । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो । अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।

 

सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ वर्षपछि खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो । अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो ।

 

त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!