प्रचण्ड भोलि चितवन जादैं

काठमाडौं, भदौ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड भोलि गृहजिल्ला चितवन जाने भएका छन् ।

प्रचण्ड चितवनमा बुधबार हुने विभिन्न दुईवटा कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन् । प्रचण्ड बुधबार निर्माण व्यवसायी संगठन चितवनको जिल्ला भेलामा प्रमुख अथितिका रुपमा सहभागी हुने छन् । विहान ९.३० स्टार बक्ङक्यूट हाकिम चोक भरतपूरमा आयोजित कार्यक्रमको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि दिउँसो १ बजे नारायणी लिफ्ट खगेरी सिचांई समितिसगँ होटल गार्डेन एन्ड रिसोर्ट भरतपुरमा हुने अर्काे कार्यक्रममा प्रचण्ड सहभागी हुने छन् ।

सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका प्रचण्ड सधै व्यस्त त रहन्छन् नै । यति बेला झनै बढी व्यस्त छन् । पार्टी एकीकरणका बाँकी काम टुंग्याउने र जनवर्गीय संगठनको एकताको टुंगो लगाउने प्रक्रिया यति बेला करीब अन्तिम चरणमा छ ।

जसका लागि प्रचण्ड निकै व्यस्त छन् तर उनी केन्द्रीय राजनीतिबाट थोरै मात्रै फुर्सद पाए या निकालेर नियमित रुपमा आफ्नो निर्वाचन क्षेत्रमा नेता कार्यकर्ता र मतदातालाई भेट्न पुग्छन् ।  र चितवनको विकासका लागि थप योजना बनाउन सक्रिय हुन्छन् ।

उनी चितवन क्षेत्र नं ३ वाट निर्वाचित भएपछि आफ्ना मतदातालाई भेट्न नियमित रुपमा जाने गरेका छन् । प्रचण्ड केन्द्रीय राजनीतिमा जति व्यस्त र नेतृत्वदायी भूमिकामा छन् आफ्नो निर्वाचन क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्