मोदीको हत्या गर्ने षडयन्त्र गरेको आरोपमा ६ राज्यमा छापा, माओवादी नेता बरबर राव गिरफ्तार

नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रमा संलग्न रहेको आरोपमा प्रहरीले चर्चित कवि, गायक तथा माओवादी नेता बरबर रावसहित ६ जनालाई गिरफ्तार गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै भारतीय प्रहरीले ६ राज्यमा छापामा मारेपछि उनीहरु गिरफ्तार गरिएका हुन । यसरी गिरफ्तारीमा पर्नेहरूमा प्राध्यापक, पत्रकार र मानव अधिकार कार्यकर्ता सहित दक्षिण भारतका प्रसिद्ध क्रान्तिकारी कवि बरबर राव समेत परेका छन् ।

प्रहरीले हैदराबाद, मुम्बई र दिल्ली, हैदराबाद र राँचीमा छापा मारेर ती गिरफ्तारी गरेको थियो । प्रहरीले हैदराबादबाट पत्रकार गौतम नवलखालाई गिरफ्तार गरेको जनाइएको छ ।

भारतीय पत्रिका जनसत्ताका अनुसार प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र भैरहेको सूचना प्राप्त भएपछि प्रहरीले हैदराबाद, मुम्बई र दिल्ली, हैदराबाद र राँचीमा छापा मारेर ती गिरफ्तारी गरेको थियो । प्रहरीले हैदराबादबाट पत्रकार गौतम नवलखालाई गिरफ्तार गरेको जनाइएको छ । उनी बिजनेस न्युजपेपरसँग आबद्ध थिए । यसका अतिरिक्त माओवादी समर्थक क्रान्तिकारी कवि वरवरा राव समेत पक्राउ परेका छन् ।

यसका अतिरिक्त मानव अधिकारकर्मी सुधा भारद्वाजलाई समेत हिरासतमा लिइएको छ । त्यस्तै मुम्बईबाट सामाजिक कार्यकर्ता वर्नन गोंजाल्भिस र माओवादी निकट मानिएका सामाजिक कार्यकर्ता अरुण फरेरालाई समेत गिरफ्तारी गरिएको छ ।

उनीहरूसँग रहेका मोबाइल ल्यापटप तथा पेनड्राइभ समेत जफत गरिएका छन् । प्रहरीले भीमा कोरेगाँव हिंसाको जाँच गर्ने क्रममा छ जनालाई गिरफ्तार गरेको थियो। उनीहरूलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी)सँग सम्बद्ध रहेको आरोप लागेको थियो । प्रहरीका अनुसार आरोपितहरूमध्ये एकजनाको घरमा एउटा पत्र फेला परेको थियो जसमा माओवादीहरूले ‘एउटा अर्को राजीव गान्धी’को हत्या गर्ने योजना बन्दै गरेको भनिएको थियो ।

मोदी लहरको फायदा उठाउँदै भाजपाले देशका १५ प्रतिशत भन्दा धेरै राज्यमा सरकार बनाउन सफल हुँदै छ । यसका लागि प्रधानमन्त्री मोदीलाई सिध्याउन लागि सशक्त कदम उठाउनु पर्ने हुन्छ ।

बरामद भएको चिठ्ठीमा लखिएको छ,‘प्रधानमन्त्री मोदीको देशभर दायरा विस्तार हाम्रो पार्टीका लागि ठूलो खतरा छ । मोदी लहरको फायदा उठाउँदै भाजपाले देशका १५ प्रतिशत भन्दा धेरै राज्यमा सरकार बनाउन सफल हुँदै छ । यसका लागि प्रधानमन्त्री मोदीलाई सिध्याउन लागि सशक्त कदम उठाउनु पर्ने हुन्छ । हामी सोचिरहेका छौं कि राजीव गान्धी हत्याकाण्ड जस्तै एउटा अर्को त्यस्तै नतिजा निकाल्नु पर्ने छ ताकि यो आत्महत्या या दुर्घटना जस्तै देखियोस् । एउटा अर्को राजीव गांधी हत्याकाण्डलाई मूर्त रुपदिन प्रधानमन्त्रीको ‘रोड  शाे’ लाई लक्षित गर्न सकिन्छ ।’

दिल्ली मा रोना विल्स्नको घरबाट बरामद भएको चिठ्ठीमा एम–४ राइफल र गोली खरिदका लागि आठ करोड रुपैयाँ आवश्यक रहेको उल्लेख भएको प्रहरीले दावी गरेको छ । पुलिसले गएको डिसेम्बरमा एलगार परिषद र त्यसपछि जिल्लाको भीमा–कोरेगाउँमा भएको हिंसामा संलग्न दलित कार्यकर्ता सुधीर धावले, वकील सुरेन्द्र गाडलिङ, कार्यकर्ता महेश राउत, शोमा सेन र रोना विलसनलाई मुम्बई, नागपुर एवं दिल्लीबाट गिरफ्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्