बेरुजु हुन नदिन यसै वर्षबाट कडा कदम चालिन्छ : मुख्य सचिव

काठमाडौं, भदौ १२ । नेपाल सरकारका मुख्य सचिव एवम् बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका अध्यक्ष लोकदर्शन रेग्मीले चालू आर्थिक वर्षदेखि सरकारी कार्यालयम बेरुजु हुन नदिने बताएका छन् ।

त्यसका लागि बेरुजु फछर्यौट मूल्यांकन र अनुगमनको कामलाई कडाईका साथ अघि बढाउने बताए । संसदको सार्वजनिक लेखा समिति बैठकमा मंगलबार बोल्दै मुख्यसचिव रेग्मीले बेरुजु हुन नदिन बजेटको निकासा, खर्च र खर्च प्रतिवेदनको लेखा परीक्षणकै समयमा महालेखा परीक्षकको कार्यालयसँग समन्वय गरी कडा निगरानी राखिने बताए ।

विद्यमान बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने कार्ययोजना पनि समिति समक्ष पेश गरे । साथै रेग्मीले बेरुजु हुन नदिन सार्वजनिक खरिद ऐन संशोधनको कामलाई छिटो टुंग्याउने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!