सामाजिक अपराध न्यूनीकरण गर्न संस्थाको महत्वपूर्ण भूमिकाः रमा आले मगर

चन्द्रागिरि, भदौ १२ । प्रदेश नं.३ का उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले महिला हिंसा लगायत सामाजिक अपराध न्यूनीकरणमा सामाजिक संघ सस्थाको भूमिका सशक्त हुनुपर्नेमा जोड दिएकी छन् ।

चन्द्रागिरी विकास मञ्चको प्रथम साधारणसभाको उद्धाटन गर्दै प्रदेश ३ का उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले मुलुकमा बालबालिका माथि भइरहेका बलात्कार र हत्या जस्ता जघन्य अपराध बढ्नुमा फितलो कानुन र अपराधपछि अपराधी उम्काउने कार्य शौलीले हाम्रा छोरी चेली असुक्षित रहेको बताएकी हुन् ।

कार्यक्रममा बोल्दै अर्का प्रदेश सम्सद बेलिमाया धलेले समाज रुपान्तरणको यो चरणमा देखापरेको बालबालिका माथिको चरम हिंसा अक्षम्य रहेको धारणा ब्यक्त गरिन् ।

चन्द्रगिरि नगरलाई आफ्नो कार्य क्षेत्र बनाएर मञ्चले खेलकुद साहित्य बातावरण संरक्षण विकास निर्माण समावेशी न्याय र लौगिक हिंसाविरुद्ध काम गर्दै आइरहेको छ ।

साधारणसभाले आगामी २ वर्षको लागि राजु श्रेष्ठको अध्यक्षमा १९ सदस्यीय कार्य समिति समेत सर्वसम्मतरुपमा चयन गरेको छ ।

चन्द्रागिरी नगरलाई हरेक बिधामा उत्कृष्ट बनाउने अभियानका साथ चन्दागिरि विकास मञ्चको गठन भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!