प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौ, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चाैथाे शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने छन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!