घरेलु मैदानमै म्यानचेस्टरको लज्जास्पद हार, टोटनह्याम दोस्रो स्थानमा उक्लियो !

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । लिग अन्तर्गत गएरातिको तेस्रो खेलमा टोटनह्यामसँग युनाइटेड ३(० फराकिलो अन्तरले हार बेहोरेको हो ।

टोटनह्यामको जितमा लुकास मोउराले दुई गोल गरे भने ह्यारी केनले एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै कमजोर साबित भयो।

यसअघि ब्राइटनसँग पराजित म्यानचेस्टर युनाइटेडले लिगका तीन खेलमा ३ अंक जोड्दै तालिकाको १३औं स्थानमा पुगेको छ। यता सतप्रतिशत जित निकालेको टोटनह्याम तीन खेलमा ९ अंकसहित दोस्रो स्थानमा छन्। गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!