बाजपेयीको मृत्युबारे खुल्यो ठुलो रहस्य, सत्ता गठबन्धनले नै लगायाे गम्भीर आरोप

नयाँ दिल्ली, भदौ ११ । भारतका पूर्व प्रधानमन्त्री एवं सत्तारूढ दल बिजेपीका संस्थापक नेता अटल बिहारी बाजपेयीको मृत्युबारे सरकारमाथि गम्भीर प्रश्न उठाइएको छ । त्यहाँको सत्ता गठबन्धनको महत्वपूर्ण साझेदार दल शिवसेनाले बाजपेयीको मृत्यु १६ अगस्टका दिन नभएको जनाएको छ ।

शिवसेनाका वरिष्ठ नेता संजय राउतले १६ अगस्टमा बाजपेयीको मृत्युको घोषणा मात्र गरिएको आरोप लगाएका छन् । शिवसेनाको मुखपत्र सामनाका सम्पादक समेत रहेका राउतले १५ अगस्टको दिन प्रधानमन्त्री मोदीको भाषणमा वाधा नपुगोस भन्ने उद्देश्यले बाजपेयीको मृत्युको घोषणा एक दिनपछि गरिएको बताएका छन् ।

राउतले भारत स्वतन्त्र देश रहेको कुरा शासकहरूले बुझ्नुपर्ने बताउँदै, १२-१३ अगस्टदेखि नै गम्भीर अवस्थामा रहेका बज्पेयिको मृत्यु १५ अगस्टकै दिन भइसकेको तर स्वतन्त्रता दिवसको दिन देशको झण्डा आधा झुक्नबाट बचाउन र मोदीको लाल किल्लाको भाषण बाधित नहोस भन्ने उदेश्यले १६ अगस्टसम्म ‘लाइफ मेसिन’को नाटक रचिएको आरोप लगाए ।

भारतका पूर्व प्रधानमन्त्री बज्पेयीको निधनको औपचारिक घोषणा गत अगस्ट १६ मा स्थानीय समय अनुसार साँझ ५ बजेर ५ मिनेटमा अखिल भारतीय अयुर्विज्ञान प्रतिष्ठान-एम्सले एउटा प्रेस विज्ञप्ति मार्फत गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!